कुनै बेला संसारकै सामुशान्तिको देस भनेर नेपाल लाई चिन्हीन्थ्यो हुनत सत्तासिन क्रुर शाषकहरु द्द्वारा गरिब र निमुखा जनताहरुमाथि आन्तरिकरुपमा दमन शोषण उत्तपीडन जस्ता घृणित कुकार्यहरू भैराखेकै थियो र सिधा सोझा जनताहरु सामन्तवादी शाषकहरुको विरुद्धमा कुनै किसिमको प्रतिकार नगरेको हुनाले सरसर्ती हेर्दा शान्ति दुत बुद्धको जन्मधरती नेपालमा शान्ति नै देखिन्थ्यो तर बदलिदो विश्व को अबलोकन गर्दै केहि युगान्तकारी योद्दा हरुले माउवादीको सिधान्त लाई अंगिकार गर्दै जनयुद्धको विगुल बजाई २०५२ फाल्गुन मसान्त १ गते शक्ति द्वारा सत्ता प्राप्त गर्ने संकल्प लिईयो र १० वर्ष सम्म देसब्यापीरुपमा भूमिगत सैनिक कारबाही गर्दै आयो र देशले ठुलो क्षति व्यहोर्नुपर्यो हजारौ नेपालीहरुले असमायिक ज्यान गुमाउनु पर्यो हजारौं महिलाहरु विधवा भएँ हजारौं बालबालिकाहरु टुहुरा भएँ हजारौं आमाबाबुहरू निसन्तान भएँ साथै अर्बौं खरबौं को भौतिक संरचनाहरु ध्वस्त भयो उता राज्यले शान्ति सुरक्षाको नाम मा गरिएको खर्चले देशको आर्थिक अबस्था पनि खस्किदै थियो त्यसै कमजोरी हरुको मौका छोपी तत्कालिन राजा बिरेन्द्रको सपरिवार सुनियोजित ढंगबाट हत्या गरियो यो घटनाले नेपालको भुमंडल मा महाभूकम्प ल्यईदिएको थियो देश शोकाकुल अबस्थामा थियो राष्ट्रले राष्ट्राध्यक्ष गुमाई सकेको थियो त्यसपछि कोमा मा रहेको मृत युवराज दीपेन्द्रलाई नाटकीय ढंग बाट राजा घोषणा गरियो र केहि समय पछी दिपेन्द्र को निधन भएको घोषणा गरियो तत्पस्च्यात राजपरिवार को नियमानुसार उतराधिकारी ज्ञानेन्द्रले राजगदिमा आसिन भयो ! निवर्तमान राजा ज्ञानेन्द्रले नेपाली जनता लाई शान्ति सुरक्षा दिई प्रजातन्त्र ब्यबस्था लाई जीवित राख्नु पर्ने ठाउमा वैमन्यस्तापूर्ण ढंग बाट तत्कालिन प्रधानमन्त्री शेर बहादुर देवबा लाई पदच्युत गरि संसदीय ब्यबस्थालाई भंग गरियो र शाही सरकार को घोषणा गरि प्रजातान्त्रिक नेताहरुलाई बन्धक बनाईयो ! त्यस पछी राजनैतिक दल र भूमिगत माउवादी पार्टीले दिली दरवारमा १२ बुंदे सम्झौता गर्यो र जनान्दोलन गर्ने निर्णय लियो यता ज्ञानेन्द्र शाशित सरकारको उत्पीडन जनताको लागि असहनीय भईसके पछी जनताहरु २०६२/६३ को जनान्दोलनमा होमिए देशका सपुतहरु आफ्नो रगत को वलिदान दिई मुलुक लाई ज्ञानेन्द्रको हात बाट मुक्त गराउन सफल भएँ अन्तः मुलुक एकतन्त्र बाट गणतन्त्र नेपालमा परिमार्जित भयो यो युद्ध र जित जनताको जनान्दोलनले ल्याएको विजय थियो जसलाई नेपाली कांग्रेस एमाले र माउवादिले आफ्नो पार्टीले ल्याएको आमुल परिवर्तन ठान्दछन
लोकतन्त्र नेपालले नया नेपाल बनाउने प्रतिबध्ता को सम्बोधन गरे पछी वर्षौं देखि भय डर त्रास भोक प्यास अनिन्द्रा हत्या हिंसा अपहरण चन्दा फिरौती चोरि डकैति उदंड़ता बर्बरता अनैतिकता र विध्वंसात्मक क्रियाकलाप बाट आम नेपाली जनताले मुक्ति पाउने मार्ग प्रसस्त भयो जनतामा ठुलो आशा र विश्वास जाग्यो र यी सम्पूर्ण दुखदायी पिडा र व्यथाहरु लाई उन्मुलन गर्नको निमित देस लाई नया संविधानको आबस्यकता अनुरुप संबिधानसभाको चुनाव भयो तर कुनै पार्टीले बहुमत प्राप्त गर्न सकेन तथापी पहिलो ठुलो दलको रुपमा मौउवादी दोस्रो नेपाली कांग्रेस तेस्रो एमाले चौथो मधेसी जनाधिकार फोरम र पाँचौ तराई मधेस लोकतान्त्रिक पार्टी को उददय भयो र माउवादी पार्टी को नेतृत्वमा लोकतन्त्र नेपालको पहिलो सरकार र प्रचण्ड पहिलो प्रधानमन्त्री बन्यो तर दुर्भाग्य भनुपर्छ प्रचण्ड सरकार सत्तामा टिक्न सकेन जसको मूल कारण प्रचण्ड नै हो प्रधान सेनापति प्रकरण मा प्रतिपक्षी दलहरु को दबाब मा आएर राजिनामा दिनु पर्यो ! त्यसपछि जिरिजा बाबुको असिम कृपाले माधव नेपाल प्र.म.को कुर्सि मा विराजमान हुन् सफल भयो तर आफ्नै पार्टी को असहयोग र प्रतिपक्षी दलहरुको दबाबमा माधव सरकारको पनि अल्पआयु अवसान हुनपुग्यो त्यसपछि कुर्सिको लालचमा रयाल काढेर पालो कुड़ीरहेका झलनाथ को भाग्योद्द्य भयो सहमति को सरकार बनाउने प्रक्रियामा सबै पार्टी दतचित भएर लागि परेका बेला यता कसैले थाहै नपाईकन रातारात प्रचण्डको आशिर्वादले झलनाथ खनाल लोकतन्त्र नेपालको तेश्रो प्र.म.को रुपमा विराजमान भएँ तर आफनै पार्टी भित्रको अंतरध्वंध र प्रतिपक्षीहरुको अवरोध ले गर्दा झलनाथ सरकारको पनि असामयिक निधन भयो ! अपितु आ- आफ्नो स्वार्थलोलुपता परिपूर्ति गर्ने खेलमा यी सत्ता शाशन र कुर्सि क लागि आसक्त भएका संकीर्ण मानसिकताका रोगि राजनेताहरुले शान्ति सुरक्षा र संबिधानलाई ओझेलमा पार्दै गयो र मुलुक को भविष्य नै अन्धकार मा पर्ने संकेत देखा पर्न थाल्यो !
अन्तरिम संविधानमा संबिधानसभाले दुई वर्ष भित्र शान्ति ब्यबस्थापन र संबिधान दिसक्नु पर्ने विधेयक पारित भएको थियो तर बिडम्बना भनु पर्छ २ वर्ष को अबधि भित्र नेपालले संबिधान पाउन सकेन र पटक पटक संबिधानसभाको म्याद थपिदै गयो जसको प्रमुख कारण के छ भने देस लोकतन्त्र भए पनि नेताहरु लोकतान्त्रिक हुन् सकेन यथास्थितिवाद सामन्तीहरु भेष बदलिएर लोकतान्त्रिक नेताका मुखौटा लगाएका छन् र साम्राज्यवादी शाषकहरुको उत्तराधिकारीहरु उच्चवर्गीय छाद्म्भेदीहरु हुन् जसले देशलाई पुनः कब्जा गरि गरिब निमुखा जनताहरुलाई र मधेसी समुदाय लगायत आदिवासी जनजाती हरुलाई बन्धक बनाई दिर्घकालिन शोषण गर्ने षड्यन्त्रमा लागि परेका छन् यसका अभिष्ठहरु हुन् नेपाली कांग्रेस एमाले र मोहन बैध पक्षधरहरु यिनीहरुको अभिव्यक्ति सुन्दा जनताहरु मर्माहित हुन् पुगेका छन् ! देसले तिन वटा असफल प्रधानमन्त्रीहरु बाट संबिधान नपाए पछी सम्पूर्ण देसवासी निरुत्साहित भएँ र सर्वत्र निराशा छायो ! यस्तो संक्रमण कालमा देसवासीहरुले एक चोटी पुनः विस्वास गर्ने ठाउं डा.बाबुराम भट्टराई मा देखियो र भट्टराईको नेतृत्व बाट देसले संविधान पाउन सकिन्छ भने जनविश्वास पैदा भयो जनताको भावनाले अवलोकन गर्दै माउवादी पार्टीले डा.भट्टराई लाई प्र.म.बनाउने सहमतिमा आए तत्पश्च्यात मधेसी मोर्चा संग ४ बुंदे सहमतिमा भट्टराई नेतृत्वको सरकार बनियो र आम जनता मा हर्षोलास देखियो ! डा.भट्टराई नेतृत्वको सरकार ले इमान्दारीपूर्वक सर्वहारावर्ग को चाहना अनुरुप काम गर्दै जादा यथास्थितिवादी का पुजारीहरू भट्टराई सरकार माथि निराधार आरोप प्रत्यारोप लागौं थाले कहिले मधेसी मोर्चा संग गरेको ४ बुंदे सहमति राष्ट्रघाती हो भने कहिले निवर्तमान रक्षमंत्रिको अभिव्यक्ति राष्ट्रघाती हो भने कहिले विपा सम्झौता लाई राष्ट्रघाती भन्ने जस्ता विभिन्न प्रकारका निराधार आरोप लगाई कर्मनिष्ठ र लोकप्रिय नेता भट्टराई को सरकार लाई बिना निष्कर्ष भंग गर्न खोजिएको छ ! यता शुशील बाजेले अब नेपाली कांग्रेस नेतृत्वको सरकार बन्नु पर्छ भने जस्ता लजास्पद अभिव्यक्ति दिराख्दा उता रामचन्द्र पौडेल ले अबको प्र.म. बन्ने पालो मेरो हो भन्छन भने माधब नेपाल ले गिरिजा बाबुको जुठो नुनको सरियत दिदैछन मध्बले पनि भन्छन अबको सरकार नेपाली कांग्रेस को नेतृत्वमा बन्नु पर्छ तर वर्तमान सरकारलाई सहयोग गरि संबिधान बनाउनु पर्छ भन्ने तिर कसैको अभिव्यक्ति आउदैन !
यी सत्ताका खेलाडीहरु लोकतन्त्र सिधान्तलाई नै खिल्ली उडाएका छन् सम्पूर्ण देस्वसिका भावना संग खेलवाड गर्दैछन भने कुराको ज्ञान किन नभएका होला? संक्रमणकालिन देसमा सत्ताको खेल खेल्न उत्साहित भएका यी राष्ट्रघाती नेताहरु आफुलाई राष्ट्रवादी भनेर कसरि साबित गर्न सक्छन? देस र जनतालाई संबिधान दिनु पर्छ भनेकुरा बिर्सेर पालो पालो देसको ढुकुटी कुम्ल्याउने दाउपेच मै लिप्त भएका यस्ता गद्दार दलाल अकर्म्निष्ठ कुपात्रहरु देशको अर्थतन्त्र लाई नै अपाहिज बनाई सक्यो संबिधानसभाको नाम मा खर्च भएको हाल समको रकम १२१ खर्ब रुपियाँ हो २ वर्ष म्याद भएको संबिधानसभाको अबधि सकेर पटक पटक म्याद थप्दै ६०१ अपांग सभासद्हरुलाई राज्यले विशिष्ट सुखसुबिधा तलब भात दिएर पाली राखेका छन् यी सत्ताका खेलाडीहरु अनैतिकता र अनियमितता को पराकाष्ठ नै पार गरि सकेका छन् ! हामी आम नेपाली नागरिकहरुले नेताहरुलाई साबधान गराउन चाहन्छौ डा.भट्टराई नेतृत्व र मधेसी मोर्चाको सरकारले देशलाई शान्ति सुरक्षा र संविधान दिने यो अन्तिम प्रयास हो यदि यो प्रयास लाई पनि असफल बनाउन खोज्यो भने देसको भविष्य अन्धकारमा पर्ने निश्चित देखिन्छ यस्तो विदार्कपूर्ण स्थितिको सृजना गर्ने र जनताको बलिदानले ल्याएको सौभाग्य्पूर्ण अवसर लाई अवसान गर्न खोज्ने राजनैतिक दलहरुलाई हामी आम नागरिकले समाज बाट बहिष्कार गरनेछौ र यो संबिधानसभालाई बिघटन गराउन सडकमा आउनेछौं !
लेखक:-संक्रमणकालिन देसमा सत्ताको खेल@प्रभात राय भट्ट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें