एक मधेश एक प्रदेश किन ??? @प्रभात राय भट्ट
नेपाल एकीकरण भयेताकैकाल देखि मधेशी जनताहरू आफ्नैभूमिमा सत्तारूढ़ क्रूर शाषकहरु बाट दमन शोषण उत्पीडनको शिकार भई उपेछित हुदै आइरहेको छ ! क्रूर शाषक पि.एन.शाह देखि महेंद्र शाह सम्म का शाषकहरु बाट जून सिधांत प्रतिपादित भयो त्यसैको दुस्परिनामथियो मधेशी जनतालाई दोस्रो दर्जा का नागरिक सम्झिने,जनमशिद्ध नागरिक अधिकार बाट बंचित गरिने,मौलिक अधिकारको हक़ सम्म नदीने,राष्ट्रिय सनमा बहाली नलिने,अन्य सरकारी निकायमा तलो दर्जामा मात्र बहाली लिने र मधेशी जनता लाई राजधानी काठमांडू जानलाई बीरगंज बाट पासपोर्ट बनाई मात्र जानपाऊने जस्ता असम्बैधानिक कुकार्यहरू गरेका थिए ! मधेशी जनताहरुको बाचने एउटा आधार मात्र थियो प्रकृति ले खेतीयोग्य उर्वर्भूमि को मालिक मधेशी जनतालाई बनाएका थिए तर त्यों पनी दुराचारी शाषकहरुले विभिन्न कालखंडमा योजनाबद्ध तरिकाले आफ्ना भाईभारदार बाहुन पंडित र भरौटेहरुलाई तराईका उर्वर्भूमि विर्ताका रुपमा प्रदान गरी मधेश मा जमींदार को रुपमा स्थापित गरें ! यी पहाड़े जमींदार हरु मधेशी सिधासोझा जनता लाई शोषण गर्न थाल्यो विभिन्न बहानामा दंड सजाय दिई पैसा संकलन गर्ने र आफु द्वारा प्रतिपादित विभिन्न धरा उपधारा अंतर्गत अनाबस्यक कर असुली गरी राजधानी पठाउन थाले यतिले मात्र क्रूर शाषक को चित कहा बुझ्थ्यो र ......पछि गएर मधेशको सम्पूर्ण उर्वर्भूमि कब्ज़ा गर्ने बदनियति र मधेशी जनतालाई भूमिहीन बनाउने योजना अंतर्गत झापा र नवलपरासी मा एयुता कंपनी खोलेर पहाड़े जनताहरू लाई ४/४ बीघा जगा प्रदान गरी बिस्तारबाद योजनाले पहाड़े जनताहरुलई स्थापित गरियो अर्कोतरफ क्रूर शाषक हरुको तांडव बाट मधेशी जनताहरुको जीवन यापन गर्न समेत कष्टकर हुदै गयो !
सरकारले मधेशी जन्ताहरुलाई देशका नागरिक हैन एउटा दासी र सुकुम्बासी को दर्जामा राख्यो र मधेशी जनता दस्त्वा स्वीकार गर्न बाध्य भयो आफनै भूमि मा परतंत्र शाषण स्वीकार गर्नु पर्ने एउटा विव्स्त्ता थियो किन की यहाँ का जनता शांतिप्रिय छन,यहाँ का भाषा बोली कर्णप्रिय छन महात्मा बुद्ध को यो जन्मभूमि संसार भरी शांति का प्रतिक मनिन्थ्यो जगत जननी सीता माता की जन्मभूमि का चराचर जिव एबम मनाबहरू दया धर्म क्षमा याचना गुण शील विवेक करुना भातृत्व प्रेम प्राग अनुराग पूजा पाठ प्रतिष्ठा यज्ञ यज्ञादि कर्म सत्कर्म कर्मकांड वेदांत साधू संत फकीर महंथ सदाजीवन उच्विचार परोपकार ज्ञान बिज्ञान ताप तपस्या ऋषि मुनि आदि विचारधारा लाई अंगीकार गरेका थिए त्यसैले गर्दा मधेशी जनता विद्रोह गर्ने मनस्थितिमा कहिले पानी देखा परेनन शांतिप्रिय माहान मधेशी जनता लेलिनबाद र मार्क्सबाद को सिधांत बाट धेरै धेरै टाढा रह्यो ! त्यसैको उदाहरण हो माउबादीको संक्रमणकालमा पनि मधेशमा खासै प्रभाव पर्ण सकेका थिएन पहाडका जनजीवन अस्तव्यस्त हुदा पनि मधेशको जनजीवन सामान्य र शांतिपूर्ण थियो तर समय को संग संगै सबैथोक परिवर्तन हुन्छ यो कटु सत्यवचन हो !
जब हाम्रो मुलुक लोकतान्त्रिक परिवेशमा आयो अनि मधेशी जनताहरू पनि परतंत्र मधेश लाई मुक्त बनाई आफु मुक्ति पाऊनका निमित २०६२,६३ मा शांतिपूर्ण आन्दोलनको आह्वान गरियो तर विडंवना के भैदीयो भने सरकार द्वारा आन्दोलनकारी मधेशी जनता माथि दमन हुन्थाल्यो
त्यसैको परिणाम स्वरुप शांतिपूर्ण आन्दोलन हिंसात्मक रूप लिईयो र मधेशी वीर सपूतहरुले बहादुरी र विरताका साथ आन्दोलनलाई निर्णायक तह सम्म पुर्यायो सम्बंधित सबै पक्ष लाई ज्ञातव्य गराउन चाहन्छु एक मधेश एक प्रदेश त्यही जन आन्दोलनको जनादेश हो एक मधेश एक प्रदेश लाई निष्क्रिय बनाउनु को अर्थ हो की ती वीर सहीदहरुको अवमूल्यन गर्नु र यो मधेशी जनता लाई कदापि ग्राहय छैन यदि एक मधेश एक प्रदेश को निर्माण कार्यमा कोही कसैबाट निरुत्साहित पर्ने षड़यंत्र भयो भने नेपालमा भयावह स्थितिको सृजना हुनेछ र मुलुक यो उग्र स्थितिलाई साम्य पर्ने सामर्थ्य सरकार संग हुदैन यसको छोटो उदाहरण ६२,६३,को मधेश आन्दोलन लाई लिन सकिन्छ !
इतिहास साक्षी छन जहा सरकार द्वारा जनता माथि दमन शोषण उत्पीडन गरिन्छ त्यहा सरकार विरुद्ध जनता द्वारा विद्रोह हुन्छ र विद्रोह एबम क्रांति बाट पीड़ित जनता मुक्ति पाऊछन ! एक मधेश एक प्रदेश माग्नु मधेशी जनता को अधिकार हो जनादेश हो यसै बाट मधेशी जनता मुक्ति पाऊछन र यो मुक्ति पाऊनका निम्ति मधेशी जनताले हरेक मूल्य चुकाऊन तयार छन
सरकार को बुद्धिमानी यसैमा देखिनछन मधेशी जनता को जनादेश पुरागरी आत्म निर्णय सहितको एक मधेस एक प्रदेश निर्माण गरियोस र मुलुक लाई भयावह स्थिति बाट जोगाओस सरकार ले हालसालै घटेका घटनाहरू लीबिया र सुडान माथि अध्यन गर्न जरुरी छ ! जन विद्रोहले लीबिया बाट गदाफी लाई धापाउन सफल भएका छन भने सुडान का जन विद्रोहले अलगई दक्षिन सुडान देश बनाऊन सफल भएका छन ! तसर्थ शांतिपूर्ण ढंग बाट मधेशी जनता को मुख्य मांग लाइ पूरा गरियोस र नेपालको अमन चैन कायम राखियोस यही कमाना गरौ !!
by :-प्रभात राय भट्ट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें